पोखरामा जारी कोटिहोममा संंगीतमय भजन कृतन, भक्तजनको घुइँचो

145
0
Share:

पोखरा। पोखरा महानगरपालिका वडा नम्बर १५ ढुबगेसाँघु, पट्नेरीमा जारी कोटिहोमको दोस्रो दिन (मंगलबार) बाट कथा प्रवचन सुरु भएको छ। गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटिहोम-२०८१ मा यज्ञको दोस्रो दिन प्रमुख वाचक शोभाकान्त ढकाल (कृपालु दास), वाचक शिरोमणी दिपक सापकोटा, भागवत  मन्जरी पुज्य राधाकिशोरी दासीले कथा वाचन गरेका थिए।

कोटिहोममा स्थानीय श्रद्धालु भक्तजनहरुको उल्लेख्य उपस्थिति रहेको यज्ञ मूल समारोह समितिका संयोजक नारायण भण्डारीले जानकारी दिए। कोटिहोमको सोमबार गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले उद्घाटन गरेका थिए।

प्रमुख वाचक, संरक्षक तथा यज्ञ संकल्पकर्ता शोभाकान्त ढकाल (कृपालु दास) ले धार्मिक पर्यटकीय केन्द्र बनाउन संकल्पलाई पुरा गर्न कोटिहोमको आयोजना गरिएको हो। अन्नपूर्णेश्वर शिवालय शिव-शक्ति धाम तथा वृहत्तर धार्मिक क्षेत्र विकास समितिले कोटिहोमको आयोजना गरेको हो। मंसिर २७ गतेसम्म कोटिहोम सञ्चालन हुनेछ।

कोटिहोममा सहभागी हुन आयोजकले पोखरेललाई आग्रह गरेको छ। ढुबगेसाँघु बसपार्कसम्म आएका भक्तजनलाई यज्ञ स्थलमा लैजानको लागि आयोजकले गाडीको व्यवस्था गर्ने जनाएको छ।कोटिहोममा १५ भन्दा बढी वाचकलाई निम्ता गरिएको आयोजकले जनाएको छ।

धाममा १०८ शिवलिंग, १०८ गौमुखी धारा, सेती नदीसम्म स्थानका लागि पुग्न १०८ सिँढी, जेष्ठ नागरिक मिलन केन्द्र स्थापना गर्ने उद्देश्यकासाथ कोटिहोमको आयोजना गरिएको समितिका उपाध्यक्ष राज कुमार बरालले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
Share: