
पोखरा। नेपाली कांग्रेसका योद्धा एवं प्रजातन्त्र सेनानी दिल बहादुर गुरुङको आज बिहान १०३ वर्षको उमेरमा निधन भएको छ।
पर्वत जिल्ला साविक आर्थरडाँडा घर भई हाल पोखरा महानगरपालिका शिवालयचोक बस्दै आएका स्व. गुरुङ नेपालको प्रजातान्त्रिक आन्दोलनका अगुवा नेता एवं कांग्रेस बुढाका नाममा प्रख्यात थिए।
उनी तत्कालीन समयमा गाउँ पञ्चायतको संरचना सुरु भएपछि पाँच पटकसम्म वडा अध्यक्ष भएर काम गरेका थिए। यस्तै, तत्कालीन स्याङ्जा जिल्ला पञ्चायतको सदस्य समेत रहेर काम गरेका थिए।
२०३२ सालपछि पर्वत जिल्लामा समाहित भएको थियो भने अहिले कुश्मा नगरपालिका वडा नं १४ मा पर्दछ।
राजनीति रूपमा चेतना भएमात्र हरेक क्षेत्रको विकास गर्न सकिन्छ र विभिन्न जातजातिको अधिकार स्थापित गर्न सकिन्छ भन्ने मान्यताका साथ राजनीतिमा लागेका गुरुङ बौद्धिक एवं राजनीतिक विचारकका रूपमा चिनिएको लिटिल स्टेप मा.विका संस्थापक शेर बहादुर गुरुङ बताउछन्।
उनले पञ्चकोशी मा.वि लगायत अन्य प्रा.वि विद्यालयको संस्थापक भएर गाउँमा शिक्षाको ज्योति फैलाउन योगदान पुर्याएका थिए। गुरुङका श्रीमती, ३ छोरा, ६ छोरी, ९ नाति, ११ नातिनी, ६ पनाती, र ३ पनातिनी छन्।
