
पोखरा। ‘समावेशी र दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार’ भन्ने नारासहित यस वर्षको अपाङ्गता दिवस मनाइएको छ। पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरुको ३३औँ अन्तर्राष्ट्रिय दिवस पोखरामा र्यालीसहित कार्यक्रम गरी मनाइएको हो।
पोखराको चिप्लेढुङ्गाको मानव अधिकारचोकाबाट सुरु भएको र्याली न्यूरोड हुदैँ सभा गृहमा पुगेर कार्यक्रममा परिणत भएको थियो। र्यालीमा पोखरामा अपाङ्गताको क्षेत्रमा काम गर्ने संघ-संस्थाका प्रतिनिधि र अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता थियो।
कार्यक्रममा पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङले महानगरले निर्माण गर्ने पूर्वाधारहरु अपाङ्गतामैत्री बनिरहेको बताइन्। महानगर अन्र्तगतका कार्यालयहरु निर्माण भएका भवनहरु अपाङ्गमैत्री बनेका छन् तर व्यक्तिगत घरमा लागु गर्न कठिन रहेको बताउदै छलफल गरेर अगाडी बढ्ने उनको भनाई थियो।
विगतका वर्षदेखि महानगरले निर्माण गर्ने सबै संरचना अपाङ्गमैत्री बनिरहेको उनले बताइन्। उनले दिवसले अपाङ्गताका क्षेत्रमा भएका समस्या पहिचान गरी र समाधान गर्नेतर्फ ध्यान केन्द्रीत गर्न भुमिका खेलेको जनाइन्।
कार्यक्रम गर्दा यस क्षेत्रसँग सम्बन्धित संघसस्थासँग समन्वय गरेका छौ, कमी कमजोरी भए सच्याएर जान सक्छौ र अपाङ्गता भएका समुदायलाई बाहिर राखेर गरिने विकास पूर्ण हुन नसक्ने उपप्रमुख गुरुङले बताइन्।
