
पोखरा। कास्की जिल्ला टेनिस संघको आयोजनामा आइटिएफ वर्ल्ड टेनिस टुर जे३० अन्तर्गत पहिलो सर्किटका खेलहरु दोस्रो दिन पनि जारी रहेका छन्। प्रतियोगिता अन्तर्गत दोस्रो दिन गल्स र ब्वाइज सिंगल्स जारी रहेका छन् भने गल्स र ब्वाइज डबल्सतर्फका खेलहरु सुरु भएका छन्।
प्रतियोगिताको दोस्रो दिन ब्वाइज सिंगल्सतर्फ पहिलो राउन्डको दोस्रो दिनको खेलमा प्रनव मानन्धर (नेपाल) ले श्रीकर धोनी (भारत) लाई ६–१, ७–५ ले पराजित गरे। त्यसैगरी हैनुओ गुओ (चीन) ले यश्विन दहिया (भारत) लाई २–६, ६–१, ६–१ ले पराजित गर्दा, हान्बो जू (चीन) ले प्रबीर मुकेश छावडा (भारत) लाई ६–४, ६–३ ले पराजित गरे।
त्यस्तै आरभ सम्राट हाडा (नेपाल) ले विवान बिदासरिया (भारत) लाई ६–१, ७–६ (९) ले पराजित गरे भने भारतका चन्न मल्लिकार्जुन यालेले नेपाली खेलाडी शाश्वत बज्राचार्यलाई ६–१, ६–२ ले पाखा लगाए।
यता गर्ल्स सिंगल्सतर्फ शगुन कुमारी (भारत) ले प्रज्ञा मानन्धर (नेपाल) लाई ६–१, ६–२ को सोझो सेटमा पराजित गरिन् भने रानिया ठाकुर (भारत) ले आइशा डोलकर गुरुङ (नेपाल) लाई ६–१, २–६, ६–१ ले पराजित गरिन्।
यसैगरी प्रतियोगिताको दोस्रो दिन ब्वाइज र गर्ल्स डबल्सतर्फका खेलहरु सुरु भएको टुर्नामेन्ट डाइरेक्टर अजय विष्टले बताए।
ब्वाइज डबल्स- १६ को राउन्ड (पहिलो राउन्ड) नेपाली खेलाडी जोडी आयुष्मान हजुर घले र सक्षम विक्रम शाह भारतिय खेलाडी ओजस मेहलावत र अधिराज ठाकुरसंग ६–४, ६–४ ले पराजित भए।
यस्तै केजुन डेंग र हान्बो जू (चीन) ले वीर मादम र व्योम शाह (भारत) लाई ६–३, ६–४ ले पराजित गर्दा श्रीकर धोनी र शोवर्य सामला (भारत) ले नितिनभरत केएस (भारत) र दर्शील श्रेष्ठ (नेपाल) लाई ६–३, ६–४ ले तथा अमित मुण्ड (भारत) र प्रतीक नाविन (अष्ट्रेलिया) को जोडीले आदित्य मोर र प्रकाश शरण (भारत) लाई ४–६, ७–६९४०, ११–९ ले पराजित गरे।
यस्तै गर्ल्स डबल्स–१६ को राउन्ड (पहिलो राउन्ड) मा शिवाली गुरुङ र सुनिरा थापा (नेपाल) ले मायरा टोपनो र व्रन्दिका भगवत राजपुत (भारत) लाई ६–०, ६–१ ले, सौम्या चटर्जी र शगुन कुमारी (भारत) ले प्रज्ञा मानन्धर र कर्मिष्ठा नुगाह श्रेष्ठ (नेपाल) लाई ६–३, ६–० ले, स्वस्तिका बिष्ट ९नेपाल० र अपरा खन्दारे (भारत) ले रीत अरोरा र आर्या बोरकर (भारत) लाई ६–२, २–६, ृ१०–४े ले, नन्दिनी कंसल र रानिया ठाकुर (भारत) ले नोरा चौधरी (क्यानाडा) र सारा चौधरी (भारत) लाई ७–५, ६–४ ले तथा दिशा बेहेरा र अर्जन खोराकीवाला (भारत) ले तियानरान डोङ र यौयू लिउ (चीन) लाई ६–१, ६–१ ले पराजित गरेका छन् भने आइशा डोल्कर गुरुङ र जेनि खड्का (नेपाल) ले मानसी सिंह र न्यान्सी सिंह (भारत) लाई ६–३, ५–७, १०–६ ले पराजित गरे ।
मंसिर २९ गते सम्म सञ्चालन हुने प्रतियोगिताको पहिलो सर्किटका खेलहरु एक साता सञ्चालन हुनेछन्। पहिलो सर्किट अन्तर्गत विभिन्न १० देशका ब्वाइजतर्फ ७० र गल्ससतर्फ ३५ गरी १ सय ५ जना प्रतिष्पर्धामा रहेको कास्की टेनिसका सचिव भिष्मराज पौडेलले बताए।
सहभागि देशहरुमा नेपालसहित जापान, भारत, चिन, अमेरिका, न्युजिल्याण्ड, ताइवान, मंगोलिया, बंगलादेश र कोरिया रहेका छन्। प्रतियोगितामा १३ वर्ष देखि १८ वर्ष उमेर समुहमा हुने प्रतिष्पर्धाका विजेताले समान ३० अंक, उपविजेताले १८ अंक, सेमि त्यस्तै डबफाईनलिष्टले ९ अंक, क्वाटर फाइनालिष्टले ५ र आर-१६ ले २ अंक प्राप्त गर्नेछन्।
विजेताले २५ अंक उपविजेताले १३ अंक, सेमि फाइनालिष्टले ६ अंक, क्वाटर फाइनालिष्टले ३ अंक प्राप्त गर्नेछन्। प्रतियोगितामा ब्वाइज सिंगल्स तथा डबल्स, गल्स सिंगल्स तथा डबल्स गरि चार इभेन्टमा जारी प्रतियोगितामा विजेता तथा उप-विजेताले प्रमाण-पत्रसहित मेडल प्राप्त गर्नेछन्।
प्रतियोगिता सम्पन्न गर्न करिव २१ लाख खर्च हुने कास्की टेनिसका कोषाध्यक्ष विष्णु बहादुर थापाले जानकारी दिए।
