
पोखरा। संघीय सरकारका यूवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी मंगलबार पोखरा आएका छन्।
पोखरामा (भोली) बुधबार एक विद्यालयहरुको छाता संस्थाले आयोजना गर्ने एक खेलकुद कार्यक्रमको उद्घाटनका लागि उनी पोखरा आएका हुन्।
पोखरा आएका मन्त्री चौधरीलाई प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्मा, जिल्ला खेलकुद विकास समिति कास्कीका पदाधिकारीहरु, कर्मचारी, स्काउटलागयतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।
मन्त्री चौधरीले बुधबार पोखरा रंगशालाको स्थलगत अनुथमन गर्ने तय भएको प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिए।
मन्त्री चौधरीले प्रदेशका विभिन्न खेलकुद संघका पदाधिकारीहरु र खेल क्षेत्रकाहरुसँग समेत भेट गरी छलफल गर्ने तय भएको सदस्य सचिव शर्माले बताए ।
