
काठमाडौँ । मंसिर २८ गते हुने पत्रकार महासंघको केन्द्रिय निर्वाचनका लागि मनोनयन दर्ता सम्पन्न भएको छ। जसअन्तर्गत अध्यक्ष पदमा पाँच जनाले मनोनयन दर्ता गराएका छन्।
वरिष्ठ उपाध्यक्षमा चार जनाले उम्मेदवारी दिएका छन् भने महिला उपाध्यक्षमा दुई जनाले उम्मेदवारी दिएका छन्। समावेशी उपाध्यक्षमा तीन जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ।
समितिले जारी गरेको सूचनाअनुसार प्रदेश समितिका लागि मंसिर २४ र जिल्ला शाखाका लागि २६ गते मनोनयन दर्ता हुनेछ।सदस्यता विवादका कारण पटक–पटक स्थगित भएको महासंघको निर्वाचन आगामी २८ गते हुँदैछ।
कमेन्ट गर्नुहोस्

