लमजुङमा नृत्य गर्ने क्रममा बेहोस भएकी विद्यार्थीको मृत्यु

Share:

पोखरा। लमजुङमा शुक्रबार नृत्य गर्ने क्रममा बेहोस भएकी एक विद्यार्थीको मृत्यु भएको छ। मृत्यु हुनेमा दोर्दी गाउँपालिका वडा नं ८ की १४ वर्षीया बिन्ती तामाङ छन्।

उनी बेँसीसहर नगरपालिका वडा नं ७ स्थित भूपू सैनिक आवासीय बोर्डिङ स्कुलको कक्षा ८ मा अध्ययनरत थिइन्।

प्याब्सनको कार्यक्रमका लागि विद्यालयमा नृत्य अभ्यास गर्ने क्रममा उनी अचानक ढलेर बेहोस भएकी थिइन्।

उनलाई उपचारका लागि लमजुङ जिल्ला अस्पतालमा लगिएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

प्रहरी नायब उपरीक्षक डीएसपी निशान्त श्रीवास्तवका अनुसार उनको मृत्युको कारण खुल्न सकेको छैन।

कमेन्ट गर्नुहोस्
Share: