मुखको क्यान्सरबाट ग्रसित वडाध्यक्ष गिरीको निधन

143
0
Share:

कैलालीको मोहन्याल गाउँपालिका-३ का वडाध्यक्ष नन्दराम गिरीको ३५ वर्षको उमेरमा निधन भएको छ।

दुई वर्षदेखि मुखको क्यान्सर रोगबाट ग्रसित वडाध्यक्ष गिरीको उपचारका क्रममा हिजो दिउँसो दोदोधरा अस्पताल बौनियामा निधन भएको हो।

उनी वडा नं ३ को अध्यक्षमा विसं २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए।

उनका श्रीमतीसहित दुई छोरा र एक छोरी छन्।

नेपाली कांग्रेस कैलालीका जिल्ला सदस्यसमेत रहेका गिरीको (आज) शनिबार अन्त्येष्टि गरिने नेपाली कांग्रेस कैलालीका नेता देवानन्द जैशीले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
Share: