प्रहरी हिरासतमा रवि लामिछानेको रक्तचाप उच्च

129
0
Share:

काठमाडौँ । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको स्वास्थ्य जाँचका क्रममा रक्तचाप उच्च देखिएको छ।

प्रहरीले पर्साको वीरगञ्ज पुर्‍याएका सभापति लामिछानेको जिल्ला प्रहरी कार्यालय पर्सामा स्वास्थ्य परीक्षण गर्दा रक्तचाप उच्च देखिएको हो।

वीरगञ्जको नारायणी अस्पतालका स्वस्थ्यकर्मीहरूले प्रहरी कार्यालयमै आएर चेकजाँच गर्दा सभापति लामिछानेको रक्तचाप उच्च देखिएको स्रोतले जनाएको छ।

स्वास्थ्य जाँचपछि सभापति लामिछानेलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ ।

वीरगञ्जस्थित हाम्रो सानो पाइला सहकारी संस्थाको बचत हिनामिना प्रकरणमा बयानका लागि सोमबार उनलाई पोखराबाट काठमाडौं हुँदै पर्सा पुर्‍याइएको छ।

उनलाई जिल्ला सरकारी वकिलको कार्यालयमा लगेर बयान लिने प्रहरीको तयारी छ।

कमेन्ट गर्नुहोस्
Share: