आज सुनको मूल्य २१ सयले बढ्यो

Share:

काठमाडौँ। आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। अघिल्लो दिन प्रतितोला ४ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २१ सय रुपैयाँले बढेको छ। यससँगै आज सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य ६० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९२५ रुपैयाँमा कारेबार भईरहेको छ।

कमेन्ट गर्नुहोस्
Share: