
काठमाडौँ । नेता हुन् या व्यापारी पक्राउ परेपछि एकाएक बिरामी भएर अस्पतालमा भर्ना हुने गरको पाइन्छ। तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवी लामिछाने हिरासतमा ५५ दिन बिताउँदासम्म कुनै पनि बहानामा अस्पताल भर्ना नभई, सम्पूर्ण समय कानुनी प्रक्रिया र अनुसन्धानमा सहयोग पुर्याउँदै बिताएका छन्।
उनको यो दृढता र इमान्दारिताले उदाहरणीय व्यक्तित्वको रूपमा नयाँ मापदण्ड स्थापित गरेका छन्। हामीले यहाँ केहि तल नेता तथा व्यापारिक नाम लिएका छौँ जो हिरासत छल्न एकाएक बिरामी भएर अस्पतालमा भर्ना हुन् गए।
यी हुन् हिरासत छल्न अस्पताल भर्ना हुने ‘भिआइपी’ हरू
१. पूर्व सभामुख कृष्णबहादुर महारा पनि पक्राउ परेको केही दिनपछि स्वास्थ्यमा समस्या आएको दाबी गर्दै नर्भिक अस्पताल भर्ना भएका थिए।
उनी हिरासत छल्न २४ दिन अस्पतालको क्याबिनमा बसेका थिए।
२. २०६९ सालमा डिडिसिको ठेक्का लिन नक्कली कागजात बनाएपछि पक्राउ परेका गोविन्दलाल संघाई अस्पताल भर्ना भएका थिए।
३. बलात्कारको आरोप लागेका कृष्णदास गिरी ‘सिद्धबाबा’ प्रहरीको हिरासत छल्न लामो समयसम्म अस्पताल बसेका थिए।
४. अभिनेता अनमोल केसी पनि चिरायुमै बसेका थिए।
५. अस्पतालमा शिशु छाडेको आरोपमा पक्राउ परेकी पूर्व सभासद् गायत्री साह पनि अस्पतालमा बसेकी थिइन।
६. भाटभटेनी सुपर स्टोरका मालिक मीनबहादुर गुरुङ पनि हिरासत छल्नकै लागि करिब ६० दिन त्रिवि शिक्षण अस्पतालको क्याबिनमा भर्ना भएका थिए।
७. २०७६ मंसिर २७ मा मादक पदार्थ सेवन गरी सवारी चलाई गोरखाकी लीला देवकोटालाई ठक्कर दिएर मारेका पृथ्वी मल्ल पनि हिरासत अवधि छल्न पटक–पटक चिरायु अस्पताल भर्ना भएका थिए।
८. कमसल धितो राखेर सिद्धार्थ विकास बैंकबाट १३ करोड रुपैयाँ कर्जा लिई बदमासी गरेको अभियोगमा प्रहरी हिरासतमा रहेकी गौरी ज्ञवाली पनि अस्पताल बसेकी थिइन्।
९. २०७६ साल कात्तिकमा दुई करोड ६७ लाख नगदसहित जुवाखालबाट पक्राउ परेका २५ जुवाडे मध्ये पवित्रकुमार कार्की, इन्द्रबहादुर श्रेष्ठ, सोहेल कार्की, पवनकुमार गुप्ता, शम्भुकुमार बुढाथोकी, होमप्रसाद चौलागाईं, श्रवणकुमार गोयल र रञ्जन राजवंशी गरी ८ जना ह्याम्स अस्पताल भर्ना भएका थिए।
१०. २०७८ साल कात्तिकमा लक्ष्मीपूजाका दिन जुवाखालबाट पक्राउ परेका नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा हिरासत छल्न जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा बसेका थिए।
११. जागिर लगाइदिने र विदेश पठाइदिने मात्रै होइन, उद्योग नै खोलिदिनेसम्मको प्रलोभन देखाएर ७० करोड ठगेको आरोपमा २०७६ साल मंसिरमा पक्राउ परेका दोलखा मेलु–१ पवटीका दिनेश कोइराला पनि अस्पतालमा बसेर अदालतमा हाजिर भएका थिए।
१२. भ्रष्टाचार अभियोगमा पक्राउ परेका राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा वीर अस्पताल र नर्भिकमा बसेका थिए।
१३. ललिता निवास प्रकरणमा मुछिएर पक्राउ परेका सुधीर शाह, धर्मप्रसाद गौतम, सिद्धिका खेतान र कलाधर देउजा पनि अस्पतालमै बसेका थिए।
१४. निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह र मालपोत कार्यालय, डिल्लीबजारका पूर्वप्रमुख धर्मप्रसाद गौतमले पनि अस्पताल बसेरै हिरासतको अवधि बिताए ।
१५. नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण बस्नलाई प्रहरीले जिल्ला प्रहरी परिसर, टेकुमा प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको कार्यकक्ष नै खाली गराएको थियो। मैजुबहालस्थित घरबाट आफ्नै गाडीमा प्रहरी कार्यालयसम्म लगिएका खाँणलाई राख्न डीएसपीको कोठामा छुट्टै कक्ष बनाइएको थियो।
यो प्रकरणमा पक्राउ परेका सचिव टेकनारायण पाण्डे, एमाले नेता टोपबहादुर रायमाझी लगायतले पनि अतिरिक्त सुविधा पाएका थिए।
१६. नागरिकता सम्बन्धी विवादमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पनि मुटुमा समस्या देखिको भन्दै अस्पतालमा भर्ना भएका थिए।
