पुष ०३ गते बुधबारको तपाईको दैनिक राशिफल

Share:

काठमाडौँ । आज मिति २०८१ साल पुष ०३ गते बुधबार तदनुसार सन् २०२४ डिसेम्बर १८ तारिख। पौष कृष्ण पक्षको तृतीया तिथि। अन्तर्राष्ट्रिय आप्रवासी दिवस।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आर्थिक लाभ हुने दिन । साथ-सहयोग पाइनेछ र आँटेका काम प्रायः सबै बन्नेछन्। कतै आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना देखिन्छ। सबल स्वास्थ्यका लागि आहारविहारमा विशेष सतर्क रहनु उचित हुनेछ। आयआर्जन पनि राम्रै होला। अनुकूलता वृद्धि हुनेछ। आमोदप्रमोदमा रम्ने योग छ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): दिन केही चुनौतीयुक्त रहने देखिन्छ। केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला। स्वास्थ्य कमजोर रहनुका साथै काममा ढिलासुस्ती हुन सक्छ। खानपानमा विशेष विचार पुऱ्याउनु उचित हुनेछ। भाग्यले साथ नदिनाले धननाशको योग छ। बौद्धिक र रचनात्मक काममा भने आंशिक सफलता मिल्नेछ। यात्रापरक काम बन्नेछ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): बुद्धिको सही प्रयोग भइ चिताएको काममा सफलता मिल्ने समय छ। आर्थिक लाभ पनि होला। परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ। व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन्। मित्रजनबीच मिष्ठान्न भोजन गर्ने अवसर जुर्ने योग छ। आनन्द बढ्नेछ । शत्रुमाथि विजय प्राप्त होला।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आज अनौठो तरिकाबाट धनलाभ हुनसक्छ। पुराना साथीसँगको भेटघाटले मन रमाउने छ। परिवारबाट पनि सुखको अनुभुति पनि मिल्ला। धन कमाउने बाटाहरुको थालनी हुने दिन छ। सोचेका काममा सफलता मिल्नेछ। आरोग्यता रहला। आफन्त एवम् मित्रजनको साथ–सहयोग प्राप्त हुनेछ। रसरागमा आकर्षण बढ्नेछ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्ने देखिन्छ। रमणीय र सुखद यात्राको योग छ। अनौठो तरिकाबाट धनआर्जन होला। परिवारमा खुशिको माहोल छाउनेछ। आरोग्यता वृद्धिका साथै रसरागको माहोलप्रति आकर्षण रहला। कलात्मक काममा सफलता मिल्नेछ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): मिश्रित फलदायी दिन छ। स्वास्थ्यसम्बन्धी सामान्य समस्याले सताउन सक्छ, सावधान रहनुहोला। भौतिक सरसामनको पनि क्षति हुने योग छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखापर्न सक्छ। दैनिक प्रयोगको सामान बिग्रनाले अर्थहानी र हैरानी पर्नसक्ने भएकोले विशेष सजगता अपनाउनुहोला। यात्रागत कार्यमा सफलता प्राप्त गर्नुहुनेछ। आफन्तजनको साथ प्राप्त हुनेछ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): दौडधुप बढ्नेछ। अथक प्रयासमा काम बन्ने समय छ। मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ तर विशेष योजनामा भने केही बाधा ब्यहोर्नुपर्ला। विशेष मित्र एवम् आफन्तसँग भेटघाट हुनाले मन प्रफुल्ल होला। सोचेअनुसार सबै काम भने आज सम्पन्न नहुने देखिन्छ। जोखिम वृद्धि होला।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आम्दानीका बाटाहरु ख्ुाल्ने दिन छ, ब्यापार ब्यवसायमा राम्रै आम्दानी होला। सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ। आवश्यक र उपलब्धिमूलक रमाइलो यात्रा हुन सक्छ। बन्दव्यापारबाट लाभ मिल्नेछ र स्वास्थ्य पनि सबल रहनेछ । दाम्पत्यसुख बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ। बौद्धिक एवम् रचनात्मक कार्यमा सफलता प्राप्त हुनेछ । खर्च नियन्त्रणका लागि योजना र बजेट बनाइ कार्य गर्नु बेस होला।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): साहस वृद्धि हुनेछ। काम गर्न जाँगर आउनाले धनलाभ हुने समय छ। सन्तान पक्षबाट सुखको अनुभुति होला। नयाँ कामसम्बन्धी योजना बनाउँदा फाइदा हुन सक्छ। साथै, ब्यापारब्यवसायबाट पनि लाभ मिल्ने देखिन्छ। जाँगर बढ्नाले मनमा खुशी मिल्नेछ। आफन्तले पनि काममा साथ दिनेछन्। मिठो भोजन प्राप्त हुनेछ। रसरागात्मक काममा आकर्षण रहला।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): समयमा निर्णय नहुँदा काममा अवरोध आउने र मनमा चिन्ता बढ्नसक्ने समय छ। स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ। चोटपटकको भय पनि छ। हातहतियारबाट जोगिएर काम गर्नु हितकर होला। छरछिमेकसंग विवादको योग रहेकोले संयमता अपनाउनु उचित हुनेछ । सन्तानसुख बढ्नेछ। यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): व्यस्तता बढ्नेछ। नोकरी तथा राजनीतिमा बर्चस्व बढाउन सकिने समय छ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने देखिन्छ। अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ। मिठो भोजन प्राप्त होला ।सामर्थ्य वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): पराक्रम वृद्धि हुनेछ। परिवारजनको साथले नयाँ आशा पलाउने छ। दाम्पत्य जीवन सुखमय रहला। परोपकार र धार्मिक क्षेत्रमा लगानी गरे राम्रो प्रतिफल प्राप्त हुने योग छ। कृषिकार्यबाट पनि फाइदा लिन सकिन्छ। पराक्रम बढनुको साथै अधुरा काम बन्ने समय छ। शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ। सुख सुविधाको वस्तु बढ्नेछन्।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस् !

कमेन्ट गर्नुहोस्
Share: