
पोखरा । गण्डकी विश्वविद्यालयको आयोजनामा भएको दोस्रो कुलपति रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि शहिद स्मृति माध्यमिक विद्यालयले जित हात पारेको छ।
पोखरा रंगशालामा भएको फाइनल खेलमा स्टेप बाई स्टेप माध्यमिक विद्यालयलाई हराउँदै शहिद स्मृति कुलपति रनिङशिल्डको उपाधि जितेको हो।
निर्धारित समयमा २–२ मा सकिएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो। ट्राइबेकरमा ४–२ ले पराजित गर्दै शहिद स्मृतिले कुलपति रनिङ शिल्डको उपाधि जितेको हो।
स्टेप बाई स्टेपले सुरुआति ४ पेनाल्टीमा २ गोल मात्र गर्न सक्यो। शहिद स्मृतिले ४ वटै गोल गर्दै उपाधि चिम्न सफल भयो। उपाधि जितेसँगै शहिद स्मृति माविले एक रुपैयाँसहित शिल्ड हात पारेको छ।
उपविजेता बनेको स्टेप बाइ स्टेपले ५० हजारमा चित्त बुझायो। शहिद स्मृति माविका कप्तान केशबहादुर रोकामगर प्लेयर अफ द म्याच चुनिए।
उनले १५ हजार प्राप्त गरे । विजेता उपविजेतालाई गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङ, उपकुलपति प्राडा नवराज देवकोटासहितले शिल्ड हस्तान्तरण गरेका थिए।
