खेलकुद शिक्षासँगै विद्यार्थीको बहुआयामिक विकासमा गण्डकी विश्वविद्यालयको भूमिका प्रशंसनीय मन्त्री थापा

Share:

पोखरा। गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले खेलकुद शिक्षासँगै विद्यार्थीहरुको बहुआयामिक विकासमा गण्डकी विश्वविद्यालयको भूमिकाको प्रशंसा गरेका छन्।

गण्डकी विश्वविद्यालयद्वारा पोखरा रंगशालामा आयोजित दोस्रो संस्करणको कुलपति रनिङ शिल्ड माविस्तरीय छात्र फुटबल प्रतियोगिताको बुधबार समापन कार्यक्रममा बोल्दै उनले यस  प्रतियोगिताले खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।

विश्वविद्यालयले खेलकुदको शिक्षासँगै विद्यार्थीहरुको बहुआयामिक विकासमा समेत उत्तिकै भूमिका खेलेको बताउँदै मन्त्री थापाले भने, “प्रदेश सरकारले आफ्नै विश्वविद्यालय स्थापना हुनु पर्छ भनेर नै विश्वविद्यालय स्थापना भएको हो। शिक्षाको क्षेत्रमा सरकारको प्रत्यक्ष सहयोग पुर्याउने उद्देश्य स्वरुप अगाडि बढिरहेका छौं ।”

पोखरा आफैँमा पर्यटकीयसँगै खेलकुदको गन्तव्य रहेको बताउँदै मन्त्री थापाले विश्वविद्यालयले खेलकुदको पाठ्यक्रमलाई जोडेर खेलकुद कार्यक्रम आयोजना गर्नु खुसीको विषय रहेको बताए।

उनले खेलकुदले विद्यार्थीहरुको स्वस्थ मनोभावना जागृत गर्न समेत भूमिका रहने उल्लेख गरे। दोस्रो संस्करणको कुलपति रनिङ शिल्ड माविस्तरीय छात्र फुटबल प्रतियोगिताको उपाधि पोखरा १४ स्थित शहिद स्मृति माविले जितेको छ।

कमेन्ट गर्नुहोस्
Share: