शानदार जितसहित सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा प्रवेश, जनकपुरले भोलि कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्ने

Share:

काठमाडौँ । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ। टीयु क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायरमा जनकपुरलाई ८ विकेटले हराउँदै सुदूरपश्चिम फाइलनमा स्थान सुरक्षित गरेको हो।

जनकपुरले दिएको १४० रनको लक्ष्य सुदूरपश्चिमले २ विकेट गुमाएर ९ बल अगावै भेट्टायो। सुदूरका लागि ओपनर विनोद भण्डारीले अर्धशतकीय पारी खेले। ५५ बलको सामना गरेका विनोदले समान ३ छक्का र चौका हिर्काउँदै अविजित ५८ रन जोडे । दीपेन्द्रसिह ऐरीले नटआउट रहँदै २० रन हिर्काए । त्यसअघि ब्राण्डन म्याकमुलनले २५ तथा सैयद जैवले ३२ रन जोडेका थिए।

आज पराजित भएको जनकपुरले भोलि कर्णाली याक्ससँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ। आज भएको एलिमिनेटर खेलमा चितवनलाई पन्छाउँदै कर्णाली दोस्रो क्वालिफायरमा पुगेको थियो।

टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनाएको थियो।

जनकपुरका जिमी निशमले सर्वाधिक ४५ रन बनाए। उनले २३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। शुभ कंशाकारले २६, लाहिरु मिलान्थाले १२, आसिफ शेखले ११, हर्ष थाकरले १२, अरनिको यादवले ११, शेर मल्लले ३ र मोहम्मद मोहसिनले १ रनको योगदान दिए । किशोर महत्तो २ र आकाश त्रिपाठी ४ रनमा अविजित रहे।

सुदुरपश्चिमका लागि दीपेन्द्रसिंह ऐरीले ३ विकेट झारे। सैफ जैवले २ विकेट लिए। स्कट कुग्लेजिन र अविनास बोहोराले समान एक विकेट आफ्नो नाममा गरे।

कमेन्ट गर्नुहोस्
Share: