जनकपुरमा जलाइयो गृहमन्त्रीको पुत्ला

Share:

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को अन्तिम खेलपछि जनकपुर बोल्टस्‌का समर्थकमाथि भएको कुटपिट तथा गरिएको दुर्व्यवहारको विरोधमा जनकपुरका युवाहरूले गृहमन्त्रीको पुत्ला जलाएका छन्।

सोमबार जनकपुरका युवाहरूले भानुचोकमा गृहमन्त्री रमेश लेखकको पुत्ला जलाएका हुन्।

उनीहरूले गृहमन्त्रीविरूद्ध नाराबाजीसमेत गरेका थिए। शनिबार त्रिभुवन विश्वविद्यालयको गेट नजिकै एक समूहले सर्लाहीको बलरा घर भएका अमनकुमार सिंहलाई कुटपिट गरेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: