तनहुँमा ट्रक दुर्घटना हुदाँ चालक र सह-चालकको मृत्यु

Share:

पोखरा। तनहुँमा आज बिहान सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। मृत्यु हुनेमा उदयपुरका ३० वर्षीय भेषराज पराजुली र सह-चालक रौतहटका २८ वर्षीय विजय विश्वकर्मा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं १ आँधीखोलामा दुर्घटना भएको हो।

डुम्रेबाट आँबुखैरेनीतर्फ गइरहेको बाप्र ०१-००१ य १६५९ नम्बरको स्कोरपियोलाई विपरीत दिशाबाट आउँदै गरेको ए २-०३००-१ केएच २४४८ नम्बरको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको थियो।

दुर्घटना पश्चात् ट्रक पुलको बीचबाट खोलामा खसेको थियो। मृतक पराजुली ट्रक चालक हुने भने विक सहचालक हुन्।

स्कोरपियोमा सवार ४ जना सामान्य घाइते भएका छन्। उनीहरुको आँबुखैरेनी अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज भएका छन्।

ट्रक खेलामा खसेको र अगाडिको भाग च्यापिएकाले चालक र सह-चालक पनि त्यसैमा च्यापिन पुगेको प्रहरीले जनाएको छ। खोलामा खसेको ट्रकलाई क्रेनको सहायताले निकालिएको छ।

कमेन्ट गर्नुहोस्
Share: