
पोखरा। पोखरामा पुलबाट हामफालेकी युवतीको मृत्यु भएको छ। विजयपुर खोलास्थित पुलबाट हामफालेकी उनको मृत्यु भएको हो।
मृत्यु हुनेमा पोखरा-२७ तालचोकस्थित डायमण्ड माविमा अध्ययनरत १८ वर्षीया अस्मिता क्षेत्री रहेकी छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मंगलबार साँझ करिब ६ः३० बजे पुलबाट हामफालेकी क्षेत्रीको घटनास्थलमै ज्यान गएको जनाएको छ।
उनको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको र आज पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको प्रहरीले बताएको छ।
उनी डायमण्ड विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन्।
कमेन्ट गर्नुहोस्
