
पोखरा । सञ्चार व्यवसायी समितिले आफ्नो २८औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। २०५३ सालमा व्यवसायिक हितका स्थापना गरिएको संस्थाले २८ वर्षको लामो यात्रा पार गर्दै २८औँ साधारण सभा सम्पन्न गरेको हो।
सभामा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका नवनिर्वाचित महासचिव जमुना वर्षा शर्माले व्यवसायिक एकताले संस्था बलियो हुने जनाउँदै सञ्चारले आफ्नो आफ्नो व्यवसायिक धर्मसँगै सामाजिक उत्तरदायित्वमा पनि महत्वपूण भूमिका खेल्दै गएको बताइन्।
संस्था स्थापना गर्नुभन्दा ठूलो चुनौती संस्थालाई निरन्तरता दिनु रहेको धारणा राख्दै कुशल नेतृत्व संस्थाको गरिमालाई उचो बनाउन सफल भएको बताइन्।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष युवराज खनालले २८ वर्षको यात्रामा व्यवसायिक उतार चढाव धेरै भए पनी सञ्चार व्यवसायि समितिको मातहतमा सञ्चार बचत तथा ऋण सहकारी स्थापना गरेर सफलता हासिल गरेको बताए।
संस्थाको यो सफलताका लागि संस्थाका परिकल्पनाकार, पूर्व अध्यक्ष र सल्लाहकारहरुलाई योगदान सधै स्मरण गर्नुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा उपाध्यक्ष रेशम खड्काले संस्थाको विगत देखि वर्तमानको अवस्था र आगामी योजनाको बारेमा धारणा राखेका थिए भने, कोषाध्यक्ष किरण ढकाल आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। सचिव गणेश पराजुलीले प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए।
सो अवसरमा नेपाल पत्रकार महासंघमा गण्डकी प्रदेशमा निर्वाचित जमुना वर्षा शर्मा र धादिङ पोखरा सम्पर्क समाजका निर्वाचित सचिव युवराज खनाललाई संस्थाले सम्मान गरेको थियो।
संस्थाका अध्यक्ष दिपेन्द्र आलेले संस्थामा जोडिएका साथिहरुले विभिन्न क्षेत्रबाट सामाजिक प्रतिष्ठा हासिल गर्नु सस्थाको लागि खुशीको कुरा रहेको जनाउँदै ती व्यत्तित्वहरुलाई सम्मान गर्न पाँउदा खुशी लागेको बताए।
उनले सबैको साथ सहयोगको खाँचो औँल्याउँदै प्राप्त सुझावलाई आत्मसात् गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा नयाँ सदस्य रोशन श्रेष्ठ र शालिकराम तिमिल्सिनालाई स्वागत गरिएको थियो।
