
पोखरा। बेगनास ताल कास्की जिल्लाको लेखनाथ अन्तर्गत पर्ने रमणीय ताल हो। यो ताल पोखराको दोस्रो र नेपालको सबैभन्दा ठूलो ताल मानिन्छ। लेखनाथ नगरपालिकाको सबैभन्दा ठूलो तालको रूपमा रहेको यस तालको क्षेत्रफल ३.७३ वर्ग कि. मि. (३७३ हेक्टर ) रहेको छ।
यस तालले लेखनाथ नगरपालिकाको कुल क्षेत्रफलको ४.७% र सम्पुर्ण ताल क्षेत्रको ८१% भाग ओगटेको छ। पोखरा भ्रमणमा आउनेहरुको प्रमुख गन्तव्य मध्येको एउटा बेगनास ताल मुख्य सहरबाट बाहिर छ।
शान्त वातावरणमा सुन्दर तालको मोहनी मुस्कान चाहनेहरुका लागि बेगनास ताल उपयुक्त गन्तव्य हो। सहरको कोलाहल र व्यस्थता छलेर छिनमै पुग्न सकिने प्रकृतिमय गन्तव्य हो बेगनास क्षेत्र ।बेगनास सफा देखिन्छ।
वरिपरि जंगल क्षेत्र भएकाले त्यसको स्वभाविक शितलता तालमा पनि परेको देखिन्छ। आँखामोहक र मनमोहक दुवै छ, बेगनास।
यहाँ दिनहुँ देश/विदेशका पर्यटक घुम्न र रमाउनका लागि आउने गरेका छन्। पछिल्लो समय यहाँ पर्यटकको चहलपहल विगतको भन्दा बढ्दै गएको छ।
विशेष गरी पोखरा भ्रमणका लागि पुग्ने आन्तरिक तथा वाह्य पर्यटकको घुम्न पर्ने स्थानको सूचीमा यो ताल पर्ने गरेको छ। निश्चल र निश्छल तालमा डुंगा चलाउनका साथै माछा मार्न र चारो खुवाउनका लागि मानिस आउने गर्छन्।
कमेन्ट गर्नुहोस्




