तोलामा पाँच सयले घट्यो सुनको मूल्य

Share:

नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ। आज सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ लाख ५० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ।

गत शुक्रबार भने सुनको मूल्य ४ सय रुपैयाँले बढेको थियो। त्यसदिन सुनको मूल्य १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य २५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ७९० रुपैयाँ कायम भएको छ।

कमेन्ट गर्नुहोस्
Share: