
पोखरा। पोखरा-१४ स्थित चाउथेमा रहेको ‘गो गल ब्युटी पार्लर’ ले अघिल्ला वर्षहरू झैँ यो वर्ष आफ्नो स्थापना दिवसलाई सामाजिक कार्य गरेर मनाउने भएको छ।
आर्थिक अभावका कारणले विद्यालय वा कलेजको पढाइ पूरा गर्न नसकेका महिलाहरूलाई लक्षित गरी नि:शुल्क ‘बेसिक ब्युटीसियन’ तालिम दिन लागिएको सो ब्युटि पार्लरकी सञ्चालिका लक्ष्मी खत्री पौडेलले बताईन्।
‘फस्ट कम फस्ट प्रायरोटी’ को आधारमा १० जना महिलालाई सहभागी गराउने सो तालिममा आवेदन दिनका लागि आगामी पुष २० गते सम्मको समयसिमा तोकिएको सञ्चालिका पौडेलले बताइन्।
गत बर्ष मानवसेवा आश्रममा रहेका वृद्धवृद्धालाई सहयोग गरेको सो पार्लरले यसपालि नि:शुल्क तालिमको व्यवस्था गरेको हो।
कमेन्ट गर्नुहोस्
