पोखरामा जारी ‘ओपन तथा भेट्रान्स’ टेनिस प्रतियोगितामा सलोनी र सुनिरा उपाधि नजिक

Share:

पोखरा। पोखरामा जारी २१औं माछापुच्छ्रे ‘पोखरा ओपन तथा भेट्रान्स’ प्रतियोगिताको महिलातर्फको सिंगल्समा उपाधिका लागि सलोनी तामाङ र सुनिरा थापा भिड्ने भएका छन्।

कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगिताको चौथो दिन महिला सिंगल्स ओपनतर्फको सेमीफाइनलमा उनीहरु आफ्नो खेल जित्दै उपाधि नजिक पुगेका हुन्।

सलोनीले प्रकृती श्रेष्ठलाई ६–२, ६–२ र सुनिराले स्वस्तिाका विष्टलाई ६–३, ६–३ ले सेमीफाइनलमा पराजित गर्दै उपाधि यात्रा नजिक पुगे।

यस्तै, मेन्स सिंगल्स ओपनतर्फ नेपाल नं १ प्रदिप खड्काले आयूष्मान हजुर घलेलाई ६–४, ६–१ ले पराजित गरी सेमीफाइनलमा स्थान पक्का गरे।

त्यस्तै, निशान श्रेष्ठले निहाल जङ्ग बहादुर थापालाई ६–४, ६–२ ले, प्रनव मानन्धरले राजविर प्रधानलाई ७–५, ६–३ ले तथा आरव सम्राट हाडाले सक्षम बहादुर शाहलाई ६–२, २–० ९रिटायर्ड हर्ट० पराजित गरे।

यस्तै, मेन्स डबल्सको सेमीफाइनलमा प्रदिप खड्का र जे शेर्पाको जोडी ६–४, ६–१ले प्रनव मानन्धर र राजविर प्रधानको जोडीसँग पराजित हुँदै बाहिरिंदा अर्को एक सेमीफाइनलमा सक्षम विक्रम शाह र निशान श्रेष्ठको जोडीले निश्चल थापा र आरव सम्राट हाडालाई सुपर टाईमा ६–२, ७–५ र १०–७ ले पराजित गर्दै उपाधि नजिक पुगेँ।

यस्तै मेन्स सिंगल्स ३५ वर्षमाथि सन्तोष खत्रीले सागर थापालाई ६–१, ६–१ ले, जितेन्द्र परियारले देव क्षेत्रीलाई ६–०, ६–० ले, भिष्म गुरूङले गगन महर्जनलाई ६–३, ६–१ले, सिमान्त गुरूङले पेमा नोर्वुलाई सुपरटाईमा ६–१, १–६ र ११–९ ले पराजित गरी सेमीफाइनलमा स्थान बनाएका छन्।

प्रतियोगिता अन्तर्गत नै भएको ४५ वर्ष माथी पुरुष सिंगल्समा हेमराज ढकालले सुनिल श्रेष्ठलाई ६–१, ६–४ ले, रोहित सुनुवारले मान बहादुर कटुवाललाई सुपर टाइमा ५–७, ६–३ र १०–६ ले, कमल भण्डारीले विकास गुरूङलाई ६–२, ६–२ ले, छेवाङ लामाले सन्दुप कुमार लामालाई ६–२, ६–३ ले पराजित गरी अन्तिम चारमा पुगेका छन्, भने ५५ वर्ष माथी सम्पन्न क्वाटर फाइनलमा तुलेश्वर सिंहले राजु श्रेष्ठलाई ६–४, ६–० ले, राजेन्द्र सिंह भण्डारी पहिलो सेटमा रिटायर्ड हर्ट हुँँदै चन्द्र सिंहलाई खेल सुम्पिए जिवन घिमिरेले उत्तम शेर्पालाई ६–३, ६–१ ले पराजित गरे।

४५ वर्ष माथि डबल्समा पोखरेली खेलाडी धरम बहादुर लामिछाने र गोपी बहादुर भट्टराईको जोडी सुपर टाई म्याचमा पराजित भएका छन्। सम्पन्न सेमीफाइनलमा चन्द्र शाही र देगेन्द्र श्रेष्ठसँग ६–४, ६–० र १५–१३ ले पराजित भए। त्यस्तै, अर्को सेमीफाइनल समेत सुपर टाईमा नै सम्पन्न भएको छ।

हेमराज ढकाल र मान बहादुर कटुवालको जोडीले ६–३, ३–६ र ११–९ ले रोहित सुनुवार र भिष्मराज पौडेललाई पराजित गरेको हो। ५५ वर्षमाथि मेन्स सिंगल्समा चन्द्र शाही र जिवन घिमिरेले सेमीफाइनलमा स्थान बनाएका छन्, भने ६५ वर्ष माथी सिंगल्समा विदुर विष्ट सेमीफाइनलमा पुग्दा ध्रुव गुरूङले एक अर्को खेलमा फाइनलमा स्थान पक्का गरे।

५५ वर्षमाथि डबल्समा हेमराज ढकाल र मान बहादुर कटुवाल तथा सुदर्शन विष्ट र जिवन घिमिरेको जोडी फाइनलमा भिड्ने भएका छन्। ३५ वर्षमाथि डबल्समा जित परियार र कुमार अधिकारीको जोडीले कमल गुरुङ र सिमान्त गुरुङको जोडीलाई ६–१, ६–१ को सेट पराजित गरी फाइनल यात्रा तय गरे उनीहरुले फाइनलमा नोर्वु पेमा र एस तोगवाईको जोडीसँग भिड्ने छन् ।

यसैगरी प्रतियोगिताको पाँचौ दिन केही उमेर समुहका फाइनल खेल सञ्चालन हुनेछन्, भने सेमीफाइनलमा खेलहरु समेत हुने टुर्नामेन्ट डाइरेक्टर कुमार अधिकारीले बताए। प्रतियोगिता भोली सोमबार सकिने भनिए पनि एक दिन लम्बिएको आयोजकले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: