
पोखरा। पोखरास्थित नेपालको चेन रेष्टुरेण्ट बाजेको सेकुवा रेस्टुरेन्टमा रिभाइभल ब्याण्डको लाइभ कन्सर्ट हुने भएको छ। अंग्रेजी नयाँ बर्ष सन् २०२५ को पुर्व सन्ध्या डिसेम्बर ३१ तारिख अर्थात पुस १६ गते कार्यक्रम गर्न लागेको हो।
कार्यक्रममा पोखराको रिभाइभल व्याण्डले ३ घण्टा सांगितिक प्रस्तुती दिने छन्। अतिथि गायकका रुपमा भुमी ढुंगानाको प्रस्तुती रहनेछ। रेष्टुराले हरेक बर्ष पर्व विशेषमा लाइभ कार्यक्रमहरु गर्दै आइरहेको छ।
नयाँ बर्षमा रेष्टुराले आफ्ना ग्राहकहरुसँग खुसी एवम् शुभकामना साट्नका लागि कार्यक्रम आयोजना गरिएको रेष्टुराका सञ्चालक एकराज गिरीले बताए।
कार्यक्रम पुस १६ गते साँझ ७ बजे सुरु हुने, कार्यक्रममा लायन्स क्लब अफ पोखरा टुरिजम सिटीको सहकार्य रहेको छ।
रिभाइभल पोखराको उदियमान सांगितिक समुह हो। जसमा गायिका स्वस्ती गुरुङ, रिदम तथा लिड गिटार शंकर गुरुङ, बेस गिटार सागर गुरुङ र ड्रममा सन्जु नेपाली सदस्य रहेका छन्।
