
पोखरा। पोखरामा कुँवर समाज समितिको आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ। आइतबार पोखरा महानगरपालिका वडा नं. ८ मा रहेको कुँवर समाज समितिको आयोजना तथा वडा नं. ८ को आर्थिक सहयोगमा जेष्ठ नागरिक आँखा जाँच घुम्ती शिविर कार्यक्रममा सम्पन्न भएको हो।
कार्यक्रमा प्रमुख अतिथि पोखरा महानगर पालिका वडा नं. ८ का वडा अध्यक्ष रुद्रनाथ बराल रहेका थिए। उनले वडाको विकास निर्माणका साथ/साथै नागरिकको स्वास्थ्यप्रति पनि वडा कार्यालयले सहकार्य गरेर काम गर्दै आएको बताए।
सो अवसरमा स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण रानाभाट, पोखरा ८ का वडा सदस्यहरु हिराकाजि श्रेष्ठ र गोबिन्द बराल, हिमालय आँखा अस्पतालका डा. दिपेस मान ठकुरीले सामान्य अवस्थामा हरेक व्यक्तिले नियमित रुपमा ३ देखि ६ महिनामा एक पटक आँखा जाँच गर्नुपर्ने बताए थिए।
समितिका अध्यक्ष कृष्ण कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत युथ अफ कुँवरटोलका अध्यक्ष राजु कुँवर र संचालन सचिव लक्ष्मी कुँवरले गरेकी थिइन्।
