काँग्रेसको एक सय दिने विशेष अभियान: जनताको साथमा रहेको भरोसा दिलाउने विश्वास छ

Share:

पोखरा। पोखरा महानगरपालिका वडा नं ३३ मा नेपाली काँग्रेसको एक सय दिने विशेष अभियानलाई प्रभावकारी बनाइने भएको छ।

नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा नं ३३ वडा कार्यसमिति, क्षेत्रीय प्रतिनिधि र अभियानमा खटिएका प्रतिनिधिको संयुक्त बैठकले जनस्तरमा पुग्ने गरी अभियान व्यवस्थित र प्रभावकारी बनाउने निर्णय गरेको हो।

सो वडाका लागि नेपाली काँग्रेस कास्कीले पार्टीका सह-सचिव एवं प्रवत्ता नवीन सिग्देलको संयोजकत्वमा नेपाली काँग्रेस क्षेत्र नं ३ (क) का सचिव प्रकाशचन्द्र सापकोटा र पूर्व क्षेत्रीय सचिव प्रेम बहादुर श्रेष्ठ सदस्य रहेको प्रतिनिधि टोली खटाएको छ।

बैठकले वडाका विभिन्न पाँच स्थानमा बेग्लाबेग्लै कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। ‘क्षेत्र, पालिका र वडास्तरमा अभियान केन्द्रीत बनेको छ, सह-सचिव एवं प्रवत्ता नवीन सिग्देलले भने, ’अभियानले पार्टीलाई थप स-शक्त बनाउने र जनताको साथमा रहेको भरोसा दिलाउने विश्वास छ।’

प्रतिनिधि टोली सदस्य प्रकाशचन्द्र सापकोटाले अभियानमा क्रममा सञ्चालन गर्नुपर्ने विषयबारे जानकारी थिए।

नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा नं ३३ का वडा कार्यसमितिका सभापति तिलक अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्र नं २ सभापति केशर प्रसाद निर्दोषी, जिल्ला सदस्य भोजराज आचार्य, वडाध्यक्ष रामचन्द्र अधिकारी र हरिराम पौडेलले विभिन्न सुझावहरु दिएका थिए।

कमेन्ट गर्नुहोस्
Share: