
पोखरा। कास्कीको मादी गाउँपालिका वडा नं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वडा समिति गठन गरेको छ।
सोमबार एक भेलाको आयोजना गरी मादी गाउँपालिका रास्वपाले वडा नं ६ मा समिति गठन गरेको हो।
समितिको संयोजकमा भोजराज पौडेल चयन भएका छन्, भने सह-संयोजकमा सन्तोष आचार्य, सचिवमा अप्सरा तिवारी चयन भएकी छन्।
यस्तै, सदस्यहरुमा होमनाथ बराल, मानसिंह परियार, मन क्षेत्री, इन्द्र परियार, सञ्जय बराल र चुडामणी बराल चयन भएका छन्।
यसैगरी सल्लाकारमा ठाकुर बराल, गणेश देवकोटा र गंगाप्रसाद पौडेल चयन भएका छन्।
सो वडा भेला रास्वपा मादी गाउँपालिका समिति सभापति पदम राज पौडेल तथा कास्की जिल्ला समितिका पदाधिकारीहरूको संयोजकत्वमा आयोजना भएको थियो।
रास्वपाले पछिल्लो समय संगठन विस्तारका क्रममा वडा भेला गर्दै आएको छ।

