
काठमाडौँ । बैतडीमा देवरले भाउजूलाई बलात्कार गरेको घटना बाहिरिएको छ। जिल्लाको सिगास गाउँपालिकाका अन्दाजी २४ वर्षीय अर्जुन सिंह धामीले गाउँकै भाउजु नाता पर्ने २५ वर्षीया महिलामाथि बलात्कार गरेको घटना बाहिरिएको हो।
धामीले ६ महिना अघि नै ती महिलामाथि बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय पाटनमा उजुरी परेको छ। अहिले ती महिलाको पेटमा ६ महिनाको गर्भ पनि खुलेको छ।
महिलाको पेटमा गर्भ रहेको थाहा पाएपछि परिवारका सदस्यले थाहा पाएका थिए। बलात्कार आरोपित धामी भागेर भारत गइसकेको आफन्तहरुले बताएका छन्।
महिलाका श्रीमान रोजगारीको सिलसिलामा १३ महिना पहिले नै भारतमा गएका थिए। सो घटना बाहिरिएपछि उनि घर आएका छन् ।
महिलालाई अहिले पाटन सेफ हाउसमा राखिएको छ।
घटनाको विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ।
