आज सुनको मूल्य ५ सय रुपैयाँले बढ्यो

Share:

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। अघिल्लो दिन १४ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ५ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५१ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै आज चाँदीको भाउ पनि बढेको छ। चाँदीको मूल्य आज २५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ७९० रुपैयाँमा कारोबार भईरहेको छ।

कमेन्ट गर्नुहोस्
Share: