कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ७ को रास्वपा सभापतिमा ज्योति गुरुङ चयन

Share:

पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ७ मा प्रथम वडा अधिवेसन सम्पन्न गरेको छ।

सोमबार माछापुच्छ्रे- ७ स्थित धम्पुसमा आयोजित वडा अधिवेसनबाट सभापतिमा ज्योति गुरुङ चयन भएकी छिन् , भने सदस्यहरूमा सन्तोष भण्डारी, अनिल सुनार, सावित्री गिरी, शान्ति बिक, धर्मेन्द्रराज भण्डारी, शोभा भण्डारी, सरिता गिरी र महेन्द्र भण्डारी चयन भएका छन्।

सो वडा अधिवेसनमा रास्वपा माछापुच्छ्रे गाउँपालिका, कास्की जिल्ला तथा गण्डकी प्रदेश समितिका पदाधिकारीहरूको उपस्थिति थियो। रास्वपाले पछिल्लो समय सङ्गठन बिस्तारका क्रममा वडा भेला तथा अधिवेसनको आयोजना गर्दै आएको छ।

कमेन्ट गर्नुहोस्
Share: