
पोखरा। कास्की प्रहरीले ठगीसम्बन्धी मुद्दामा २ जनालाई पक्राउ गरेको छ। पोखरा राइडर्स क्लबको आयोजनामा भएको ‘पोखरा मोटो–इन्डुरो क्रस च्याम्पियनसिप-२०२४’ खेलमा दर्ता शुल्कवापत सहभागी खेलाडीहरूसँग १७ हजार रुपैयाँ लिइएको तर पुरस्कारस्वरूप घोषणा गरिएको १ लाख ५० हजार रुपैयाँ नदिइ सम्पर्कविहीन भएको आरोपमा २ जनालाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले पुस २१ गते लेकसाइडबाट प्रतियोगिताका सञ्चालक तथा निर्देशक ३१ वर्षीय जगत डोली र क्लबका अध्यक्ष २९ वर्षीय सोनिक क्षेत्रीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी वसन्तकुमार शर्माले बताए।
उनीहरुविरुद्ध ठगीसम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
उक्त प्रतियोगिता पोहोर चैत २३ र २४ मा कास्की जिल्ला, पोखरा महानगरपालिका वडा नं। २३, बाम्दीमा सञ्चालन गरिएको थियो।
खेलमा सहभागी खेलाडीहरुसँग दर्ता शुल्क वापत रकम उठाई पुरस्कार घोषणा गरे पनि आयोजकहरूले रकम नदिई सम्पर्कविहीन भएको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।
