पोखरामा १८ औं बिटी कप खुला फुटबल प्रतियोगिता माघ २२ गतेबाट हुने

Share:

पोखरा। पोखरामा क्रियाशील बुद्धटोल युवा (बिटी) क्लबले आठौं वीरेन स्मृति १८ औं बिटी कप खुला फुटबल प्रतियोगिताको मिति घोषणा गरेको छ।

क्लबका अध्यक्ष असीम थापाले पोखरा १ पुरानो टुँडिखेल मैदानमा माघ २२ गतेदेखि खुला सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गर्ने गरी तयारी थालिएको जानकारी दिए।

फुटबलको विकास गर्ने उद्देश्यसहित क्लबले फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ।

‘पोखरामा निरन्तर हुने सेभेन ए साइड फुटबल प्रतियोगिताको लिस्टमा हाम्रो प्रतियोगिता पनि पर्छ । हामी १८ औं संस्करणसम्म निरन्तर आइपुगेका छौं,’ अध्यक्ष थापाले भने ।

अध्यक्ष थापाले पुरस्कार राशि र समापन मिति चाँडै तय गरिने बताए।

गत वर्ष भएको प्रतियोगिताका विजेतालाई नगद १ लाख ७१ हजार १ सय ११ रुपैयाँ र उपविजेताले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिएको थियो।

अघिल्लो संस्करणको उपाधि लामागाउँ गुम्बाले जितेको थियो।

कमेन्ट गर्नुहोस्
Share: