२०औं लेखनाथ महोत्सवको आज १२औं दिन, २ लाख ४५ हजारले गरे अवलोकन, ७ करोड ९५ लाखको कारोबार

Share:

पोखरा। लेखनाथ महोत्सव समापन हुन् एक दिन मात्रै बाँकी छ। समापनको अघिल्लो दिन किनमेल गर्ने दर्शकको संख्या बढिरहेको आयोजकले जनाएको छ। ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ पुष १८ गतेबाट लेखनाथमा सुरु भएको २० औं संस्करणको लेखनाथ महोत्सव सञ्चालनको १२ औं दिनसम्म आईपुग्दा लक्ष्यनजिक पुगेको आयोजकले दाबी गरेको छ।

महोत्सव अवधिभर २ लाख ५० हजार दर्शक र ९ करोड कारोबार गर्ने लक्ष्य लिएको आयोजकले महोत्सव सकिन १ दिन बाँकी रहदासम्म २ लाख ४५ हजार दर्शक भित्र्याउन सफल भएको छ, भने ७ करोड ९५ लाखको कारोबार गर्न सफल भएको छ।

महोत्सवको सोमबार मात्रै २५ हजार दर्शकले अवलोकन गरेको र १ करोड बराबरको कारोबार गर्न सफल भएको महोत्सवकी प्रचार प्रसार संयोजक जानुका पराजुलीले जानकारी दिएकी छन्।

महोत्सव समापनको अघिल्लो दिन किनमेल गर्ने दर्शकहरुको संख्यामा पनि वृद्धि भएको हो, जसले गर्दा कारोबारमा पनि उल्लेख्य वृद्धि भएको र महोत्सव सोचेभन्दा बढी सफल भएको आयोजकको जनाएको छ।

महोत्सवमा पहिलो पटक सम्पन्न भएको महिलाहरुको हाजिरी जवाफ प्रतियोगितामा पोखरा–३० को नारी विकास आमा समुह प्रथम, पोखरा–२६ को सृजना महिला समुह द्धितीय, पोखरा–३० कै गार्डेन सिटी आमा समुह तृतीय र पोखरा–२९ को समाज सुधार आमा समुहले सान्त्वना स्थान हाँसिल गरेको संयोजक प्रभाकुमारी लामिछानेले जानकारी दिइन्।

विजयी समुहले क्रमश २५ हजार, २०हजार, १५ हजार र १० हजार प्राप्त गरेका छन्। यसैगरी महोत्सवको थप आक्रर्षणको रुपमा रहेको रत्यौली गीत प्रतियोगितामा दर्ता भएका ३३ समुह मध्य छनोटमा परेका २२ समुहले महोत्सव स्थलमा प्रस्तुति रहेको रत्यौली गितका संयोजक गंगा मल्लले जानकारी दिएका छन्।

सोमबार नै विद्यालयस्तरीय चित्रकला प्रतियोगितामा उत्कृष्ट हुन सफल प्रतियोगिहरुलाई पुरस्कार वितरण समेत गरिएको छ। सोमबार कलाकारहरु प्रजापति पराजुली, तारापती सुवेदी, सरला पाण्डे, राजन कार्की, आशा केसी, लक्ष्मी नेपाली तारा थापा, प्रस्तुती रहने र बेलुका लाईभ कन्सर्टमा प्रमोद खरेलको परम्परा ब्याण्ड र स्थानिय ब्याण्ड सुजित एण्ड दि वार्यस व्याण्डको प्रस्तुति रहेको थियो।

महोत्सवको मंगलबार एक समारोहका बीच पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले समापन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने महोत्सवको सह-आयोजकमा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश रहेका छन्, भने प्रवद्र्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेका छन्।

कमेन्ट गर्नुहोस्
Share: