आज घट्यो सुनको मूल्य, प्रतितोला कतिमा भईरहेको छ कारोबार ?

Share:

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ। अघिल्लो दिन प्रतितोला १ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ५५ हजार रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य आज ४० रुपैयाँले घट्दै प्रतितोला १ हजार ८२० रुपैयाँमा कारोबार भईरहेको छ।

कमेन्ट गर्नुहोस्
Share: