
पोखरा । पातन्जल योग समिति कास्कीले पोखरामा राष्ट्रिय योग दिवस मनाएको छ। ‘स्वस्थ समाज समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने नाराका साथ पातन्जलले पोखरा १४ स्वागतनगर स्थित स्वागतम पार्टी प्यालेसमा एक समारोहको आयोजना गरी सो दिवस मनाएको हो।
सो कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगर पालिका वडा नं १४ का वडाध्यक्ष बोधराज कार्कीले पातन्जल योग समिति कास्की जिल्लालाई रु १ लाख बराबरको योग सामग्री प्रदान गर्ने प्रतिबद्धता गरे।
कार्यक्रममा पातन्जल योग समिति नेपालका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश इन्चार्ज कमला गुरुङ, केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशकी निवर्तमान अध्यक्ष रश्मी भण्डारी, केन्द्रीय सदस्य सपना गुरुङ, प्रदेशका कार्यवाहक अध्यक्ष विश्व प्रधान, समाजसेवी तथा महिला नेत्री माया बराल, नगर अध्यक्ष लिलाबहादुर गुरुङ, स्वागत नगर टोल विकासका अध्यक्ष देवी बहादुर केसी लगायतले योग साधनाको महत्वबारे बोल्दै शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रममा योग आसनका अभ्यासहरू प्रस्तुत गरिएको थियो। पातञ्जल योग समितिका जिल्ला अध्यक्ष रामबहादुर सुनारको सभापतित्वमम सम्पन्न सो कार्यक्रमको संयोजन कास्की जिल्ला उपाध्यक्ष संगीता पराजुलीले गरेकी थिइन्, भने कार्यक्रम सञ्चालन जिल्ला सचिव मुक्तिप्रसाद पनेरुले गरेका थिए।
