पोखरा ३३ मा काँग्रेसको एक सय दिने विशेष अभियान जारी

Share:

पोखरा। नेपाली काँग्रेसले पोखरा महानगरपालिका वडा नं ३३ मा पाँचौ दिन पनि पार्टीको एक सय दिने विशेष अभियान जारी राखेको छ।

सो वडाको बरपौवामा आयोजित कार्यक्रममा बोल्दैँ नेपाली काँग्रेस कास्कीका सहसचिव एवम् प्रवत्ता नवीन सिग्देलले देश र जनता नै काँग्रेसको प्राथमिकता भएको बताए।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारी, वडा सदस्य दुर्गा के.सी, नेपाली काँग्रेस कास्कीका आमन्त्रित सदस्य भोजराज आचार्य, नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा नं ३३ का वडा कार्यसमिति सभापति तिलक अधिकारी लगायतले बालेका थिए।

अभियानका क्रममा स्थानीय आवश्यकता र जनभावनालाई नजिकबाट बुझ्ने प्रयास गरिएको सो वडाका लागि पार्टी प्रतिनिधि सदस्य प्रकाशचन्द्र सापकोटाले जानकारी दिए।

नेपाली काँग्रेस बरपौवा टोल कार्यसमितिका सभापति कृष्ण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम वडा कार्य समितिका सचिव हरिराम पौडेलले सञ्चालन गरेका थिए।

अभियानका क्रममा सो वडाका अग्रज नेता देवी बहादुर शाहीको निधन भएकोमा दुःख व्यक्त गर्दै शोक सभा पनि गरिएको छ।

शोक सभा नेपाली काँग्रेस कास्कीका सचिव देवेन्द्र रानाभाट, सहसचिव एवम् प्रवत्ता नवीन सिग्देल, वडा कार्यसमिति सभापति तिलक अधिकारी र स्थानीय रामजीप्रसाद आचार्य लगायतले बालेका थिए।

कमेन्ट गर्नुहोस्
Share: