
पोखरा । कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार गाउँमा शुक्रबारदेखि नागीधार महोत्सव एक दिन थप भएको छ। महोत्सव माघ ६ गते सम्पन्न गर्ने भनिएता पनि कार्यक्रमहरुको चापले गर्दा एक दिन थप गरिएको संयुत्त मुल आयोजक समितिको संयोजक ओम प्रकाश गुरुङले जानकारी दिए।
महोत्सवमा खुल्ला सामूहिक सांस्कृतिक नृत्य प्रतियोगितातर्फ अधिमकल मञ्च पोखरा प्रथम, लम्तरी युवा क्लब भाचोक द्धितीय, चिप्ली युवा क्लब मादी-६ तृतीय भएका छन्।
विजयी समूहले क्रमश २० हजार, १५ हजार र १० हजार ट्रफी प्राप्त गरेका छन्। त्यसैगरी वक्तृत्वकला प्रतियोगिता तर्फ प्रभात आधारभूत विद्यालय मादी-८ का खुशी भुजेल प्रथम, सेवा मिलन आधारभूत विद्यालय मादी-१०का अनित क्षेत्री द्धितीय, नारयण आधारभूत विद्यालय मादी-८ का अनिस परियार तृतीय भए।
यस्तै छेलो हान्ने प्रतियोगिता तर्फ रुपा-१ का अरुण विक प्रथम, मादी-११ का रोशन गुरुङ द्धितीय भए। उनीहरुले क्रमश १२ हजार र ६ हजार नगद पुरस्कार र प्रमाण पत्र प्राप्त गरे।
यसैगरी पुरुष रसि तान्ने प्रतियोगिता तर्फ रवैडाँडा सिपाही टोल मादी-८ प्रथम, नागीधार टोलका युवाहरुको समूह द्धितीय भए। विजयी समूहले क्रमश १५ हजार, १० हजार नगद र प्रमाण पत्र प्राप्त गरे।
महिला समूहतर्फ मादी-१० थुम्सी कोट महिला समूह प्रथम, मादी-८ पाखुरीकोट महिला समूह द्धितीय भए। विजयी समूहले १० हजार, ५ हजार नगद र प्रमाण पत्र प्राप्त गरे।
महोत्सवमा भएको खुल्ला सेभेन ए साइड पुरुष फूटबल तर्फ नागीधार एफसी ए र नागीधार एफसी वि सेमिफाइनलमा पुगेका छन्।
सोमबार काहो एफसी वुढिबजार र पाखुरीकोट एफसी ए बिच पहिलो क्वाटर फाइन खेल र पाखुरीकोट एफसी वि सोथर एफसीबिच दोस्रो क्वाटर फाइन खेल हुनेछ। सोमबार नै सेमिफानल र फाइनल खेल हुने खेल संयोजक तथा नागीधार सिर्जनशील युवा क्लबका अध्यक्ष विशाल घलेले जानकारी दिए।
कार्यक्रममा मादी गाँउ पालिकाका अध्यक्ष देवीजंग गुरुङ, उपाध्यक्ष कल्पना गुरुङ साथै एन आर एन ए युकेका प्रमुख संरक्षक मेजर डमर घले, समाजसेवी नर बहादुर गुरुङ , संयोजक ओम प्रकाश गुरुङ , नेदा तमु सेवा समाज पोखराका अध्यक्ष राजकुमार गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि मादी गाँउ पालिकाका अध्यक्ष देविजंग गुरुङ, उपाध्यक्ष कल्पना गुरुङ, मादी-१० का वडा अध्यक्ष कृष्णबहादुर गुरुङ, मादी-८का जनप्रतिनिधि लालबहादुर गुरुङ र नेपाली काँग्रेस मादी-८ का सभापति राजेन्द्र अधिकारीले बोलेका थिए।
महोत्सवमा चर्चित गायिका उसा गुरुङ, प्रीय गुरुङ, जिफानका महासचिव लब्सन गुरुङले सांगितिक प्रस्तुति दिएका थिए। नागीधार गाउँ तथा त्यस आसपास क्षेत्रको पर्यटन, खेलकुद, संस्कृति संरक्षण तथा प्रवद्र्धन, मनोरन्जन साथै प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो।
नागीधार गाउँको सर्वा·िण विकासमा क्रियाशील सामाजिक संस्थाहरु नागीधार सिर्जनशील युवा क्लब, सबुदुम्हर्सो तमु समाज नागीधार र नेदा तमु सेवा समिति पोखरा लगायत संस्थाहरुको संयुक्त आयोजना तथा नागीधार टोल विकास संस्था, नागीधार विश्वकर्मा एकता समाज, सोंथर बेँसी विकास समिति लगायत संस्थाहरुको सहयोग तथा प्रवद्र्धनमा महोत्सव आयोजना गरिएको हो।
महोत्सवमा खुल्ला सेभेन ए साइड पुरुष फूटबल, खुल्ला पुरुष छेलो फाल्ने, पुरुष तथा महिला रसी तान्ने रहेका छन्, भने सांस्कृतिक कार्यक्रमहरुतर्फ खुल्ला सामूहिक नृत्य प्रतियोगिता, स्थानीय गाउँहरुको आमा समूह नाच, युवा क्लबको ठेटार नाच, घाँटु नाच, कृष्ण चरित्र नाच, चर्चित गायक गायिकाहरुको प्रस्तुति सांस्कृतिक झाँकीहरु लगायत प्रस्तुति रहनेछ ।
