ह्वात्तै बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा भईरहेको छ कारोबार ?

Share:

काठमाडौँ । आज पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला ११ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १९ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ६० हजार रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ५८ हजार १ रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य आज २० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८९५ रुपैयाँमा कारोबार भईरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: