टर्कीको एक रिसोर्टमा आगलागी, ६६ जनाको मृत्यु

Share:

काठमाडौँ । टर्कीको एक स्कि रिसोर्टमा आगलागी हुँदा ६६ जनाको मृत्यु भएको छ भने ५१ जना घाइते भएका छन्। बोलुको १२ तले ग्रान्ड कार्टल होटलमा स्थानीय समयअनुसार बिहान ३:२७ बजे आगलागी भएको एक अधिकारीले बताए।

त्यतिबेला त्यहाँ २३४ जना बसिरहेका थिए। बोलु राजधानी अंकाराबाट १७० किलोमिटर उत्तरपश्चिममा अवस्थित छ। टर्कीका स्थानीय मिडियामा झ्यालबाट हाम फालेर दुई जनाको मृत्यु भएको रिपोर्ट आएको छ।

कमेन्ट गर्नुहोस्
Share: