कास्कीको माछापुच्छ्रेमा अध्यक्ष कप भलिबल हुदैँ, विजेतालाई २ लाख पुरस्कार

Share:

पोखरा। कास्कीको माछापुच्छ्रे गाँउपालिका खेलकुद विकास समितिको आयोजनामा पयर्टकीय क्षेत्र धम्पुसमा तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता–२०८१ हुने भएको छ।

माछापुच्छ्रे गाँउपालिका वडा नं.७ धम्पुसको व्यवस्थापन र माछापुच्छ्रे गाँउपालिका भलिबल संघको समन्वयमा फागुन १४ देखि १७ गतेसम्म उक्त प्रतियोगित हुने आइतबार आयोजित पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ।

स्थानीय स्तरबाट खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागेको तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको गण्डकी प्रदेश भित्रका सम्पूर्ण पालिकालाई पत्रचार गरी बढीभन्दा बढी सहभागिता जनाउने लक्ष्य रहेको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष मिनबहादुर गुरुङले बताए।

प्रतियोगितामा पुरुषतर्फ प्रथम पुरस्कार २ लाख, द्धितीय पुरस्कार १ लाख र सेमी फाइनलमा उपविजेता दुई टिमलाई ५०/५० हजार ट्रफी मेडल र प्रमाणपत्र रहेको छ।

त्यसैगरी महिलातर्फ प्रथम पुरस्कार १ लाख, द्धितीय पुरस्कार ५० हजार र सेमी फाइनलमा उपविजेता दुई टिमलाई २५/२५ हजार ट्रफि मेडल र प्रमाण पत्र रहेको छ।

यस्तै, पुरुष तथा महिला भलिबलमा विधागत उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर सर्भर र प्रशिक्षकलाई पालिकाको लोगो अंकित खेलकुद पोशाक पुरस्कार प्रदान गरिने छ।

प्रतियोगिता सम्पन्न गर्नका लागि माछापुच्छ्रे गाँउपालिकाले १३ लाख रुपैयाँ विनियोजन गरेको अध्यक्ष गुरुङले जानकारी दिए।

यो प्रतियोगितामा सहभागि टिमले दुई जना बाहिरी खेलाडी राख्ने पाउने व्यवस्था मिलाईएको छ।

‘यो प्रतियोगितामा दुई जान बाहिरी खेलाडी पनि राख्ने व्यवस्था मिलाइएका छौँ। जसमा राष्ट्रियस्तरका खेलाडी पनि सहभागिता हुन पाउने छन्’ अध्यक्ष गुरुङले भने, ‘राष्ट्रिय खेलाडीको सहभागि हुने भएकोले प्रतियोगिता थप रौनकता छाउने हामीले विश्वास लिएका छौ।’

यस वर्ष देखि महिला भलिबल प्रतियोगिता पनि समावेश गर्ने भएकोले प्रतियोगितामा अझै बढी रौनकता थपिने माछापुच्छ्रे गाँउपालिकाकी उपाध्यक्ष सिता अधिकारीले बताइन्।

‘धम्पुस परिचित एक पर्यटन गाँउ हो’ उपाध्यक्ष अधिकारीले भनिन् ,‘पर्यटकी गाँउमा गरिएको यो प्रतियोगिताले पर्यटनसँगै खेल क्षेत्रको प्रवद्र्धन गर्न पनि मद्धत मिल्ने हामीले विश्वास लिएका छौँ।’

माछापुच्छ्रे गाँउपालिका वडा नं. ७ का वडा अध्यक्ष बैकुण्ठ प्रसाद भण्डारीले प्रतियोगिता अवधिभर यस क्षेत्रमा भएका होटल व्यवसायसँग समन्वय गरी सहुलियत प्याकेज ल्याउने योजना रहेको सुनाए ।

उनका अनुसार एक रातमा धम्पुस साना ठुला ४० होटलमा १ हजार जान सम्म राख्न सकिने छ।

प्रतियोगिता बढीभन्दा बढी टिम सहभागिता गराउनका लागि टिम शुल्क निशुल्क गरेको माछापुच्छ्रे गाँउपालिका खेलकुद विकास समितिकोका सदस्य सचिव हुमबहादुर गुरुङले जानकारी दिए।

माछापुच्छ्रे गाँउपालिका भलिबल संघका अध्यक्ष राम पुनले गण्डकी प्रदेश भित्रका पालिकामा पत्राचार भएपनि खेलाडीलाई जानकारी नहुँदा प्रतियोगितामा सहभागि कम हुने गरेको गुनासो खेलाडीबाटै आउने गरेको सुनाए।

दोस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता-२०८० मा बौदीकाली गाँउपालिका नवलपुर प्रथम, र गल्कोट नगरपालिका बाग्लुङ दोस्रा भएको युवा तथा खेलकुद शिक्षा शाखाका प्राविधिक सहायक विष्णु प्रसाद अधिकारीले जानकारी दिए।

 

कमेन्ट गर्नुहोस्
Share: