महाकुम्भ मेलाको भागदौडमा ३० जनाले गुमाए ज्यान

Share:

नयाँ दिल्ली । भारतको उत्तर प्रदेश राज्यस्थित प्रयागराजमा जारी महाकुम्भ मेलामा भागदौड मच्चिएको १७ घण्टापछि स्थानीय सरकारले यो दुर्घटनामा ३० जनाले ज्यान गुमाएको पुष्टि गरेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार बुधबार साँझ मेला अधिकृत विजय किरण आनन्द र डीआईजी वैभव कृष्णले पत्रकार सम्मेलन गरी भागदौडमा ३० जनाको मृत्यु भएको जानकारी दिएका हुन्।

डीआईजी वैभव कृष्णले भने, ‘भागदौडमा ३० जना भक्तजनको मृत्यु भयो। ६० जना घाइते भएका छन्। २५ वटा शवको पहिचान भइसकेको छ। मृत्यु हुनेहरूमा सबैभन्दा धेरै १९ जना उत्तर प्रदेशका, ४ जना कर्नाटकका र १र१ जना गुजरात र आसामका छन्।’

मेला अधिकृत विजय किरण आनन्दले महाकुम्भमा आएका भक्तजनहरूलाई फिर्ता पठाउने काम भइरहेको बताए। भक्तजनहरू मौनी अमावस्यामा स्नान गर्न संगमको किनारमा पर्खिरहेका बेला मंगलबार राति करिब १स्३० बजे भागदौड मच्चिएको थियो।

कमेन्ट गर्नुहोस्
Share: