एकै दिनमा नेप्से ७० अंकले उकालो, पाँच महिनापछि १३ अर्बको सेयर कारोबार

Share:
share

आइतबार नेप्से परिसूचक उल्लेखनीय रूपमा वृद्धि भएको छ। नेप्से ६९.८० अंकले बढेर २७२७.५८ विन्दुमा बन्द भएको छ।

यसदिन पछिल्ला पाँच महिनामध्ये सबैभन्दा धेरै सेयर कारोबार भएको छ।

यसअघि, भदौ १८ गते १३ अर्ब ५७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो। आज १२ अर्ब ९५ करोड रुपैयाँको सेयर कारोबार भएको छ, जुन भदौ १८ पछिकै उच्च हो। पछिल्लो कारोबार दिन मंगलबार भने नौ अर्ब ४० करोड रुपैयाँको सेयर कारोबार भएको थियो।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा तीन अर्ब ५५ करोड रुपैयाँले वृद्धि भएको छ। आज ३३० वटा धितोपत्रको कुल दुई करोड ४८ लाख ४८ हजार ७९ कित्ता सेयर किनबेच भएको छ।

आइतबार २०२ कम्पनीको सेयर मूल्य बढ्दा, ३७ कम्पनीको घटेको छ भने तीन कम्पनीको मूल्य स्थिर रहेको छ।

यस दिन नौ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ।

उन्नति सहकार्य लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, अभियान लघुवित्त, विजय लघुवित्त, भूगोल इनर्जी, ग्रामीण विकास लघुवित्त र एनएमबी माइक्रोफाइनान्सको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ भने समता घरेलु लघुवित्त र न्यादी हाइड्रोपावरको मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ।

कमेन्ट गर्नुहोस्
Share: