
पोखरा । यही माघ ३० गतेका लागि बस्ने भनिएको गण्डकी प्रदेश सभाको बैठक फागुन २ गते शुक्रबारका लागि सारिएको छ।
उक्त दिन अधिकांश सांसदहरुको अन्य कार्यक्रम परेको भन्दै प्रदेश सभा सचिवालयमा जानकारी गराए र फागुन १ मा माओवादीको जनयुद्ध दिवस परेकाले बैठक सार्नुपरेको स्रोतले जनाएको छ।
सचिवालयले शुक्रबार बिहान सूचनामार्फत बैठकको मिति परिवर्तन भएको जानकारी प्रदेश सांसदलाई गराएको छ।
‘मिति २०८१ साल माघ ३० गते दिनको १ बजे बस्ने भनिएको गण्डकी प्रदेश सभाको बैठक विशेष कारणवश मिति २०८१ फागुन २ गते दिनको १ बजे बस्ने भएकाले उपस्थितिका लागि अनुरोध छ,’ सचिवालयको सूचनामा भनिएको छ।
प्रदेश सभाको हिउँदे अर्थात बिधेयक अधिवेशन यही माघ २१ मा सुरु भएको थियो। सभा बैठकको पहिलो दिन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश निजामती सेवा ऐन २०७९ संशोधन गर्न बनेको अध्यादेश पेश गरेका थिए।
प्रदेश सभामा यसअघि दर्ता भएका ३ विधेयक विषयगत समितिमा विचाराधीन अवस्थामा छन्। औद्योगिक व्यवसाय ऐन संशोधन विधेयक प्रदेश सभामा दर्ता भएको छ।
