जिल्ला टी-२० क्रिकेट लिगमा सांग्रिला र कास्की विजयी

Share:

पोखरा । सांग्रिला क्रिकेट क्लब र कास्की क्रिकेट क्लबले क्रमशः अरण्यज्योति र पोखरा क्रिकेट क्लबलाई पराजित गरेका छन्।

बिहीबार पोखरा रंगशाला क्रिकेट मैदानमा कास्की जिल्ला टी-२० क्रिकेट लिग प्रतियोगिता अन्तर्गत पहिलो खेलमा सांग्रिलाले अरण्यज्योतिलाई १०४ रनको फराकिलो अन्तरले गरेको छ।

टस जितेको सांग्रिलाले निर्धारित २० ओभरमा १५५ रनको स्कोर खडा गर्‍यो। विराट दुवाडीले ओपनरको रुपमा २६ रन बनाए।

अर्का ओपनर ६ रनमा पभेलियन फर्किएपछि दबावमा परेको सांग्रिलालाई सुदिप पौडेलले सम्हाले। दोस्रो विकेटको रुपमा रिकेश गुप्तालाई ९ रनमा गुमाएको थियो।

चौथो नम्बरमा आएका पौडेलले ३९ बलमा ५२ रन बनाए। आर्दश झाले १४ रन बनाएका थिए। अब्दुल खालिफ मियाँले ३ विकेट लिए।

१५६ रनको लक्ष्य पछ्याएको अरण्यज्योति भने ५१ रनमा सबै विकेट गुमायो। सिब्रिन श्रेष्ठले सर्वाधिक ५ विकेट लिने क्रममा ३.३ओभमा १ मेडनसहित १३ रन खर्चिएका थिए। उनी खेमा प्लयेर अफ दि म्याच घोषित भए।

कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित प्रतियोगिताको दोस्रो खेलमा कास्की क्रिकेट क्लबले टस जित्दै पहिलो इनिङ सुरु गर्‍यो।

आफनो इनिङमा अर्जुन कुमालको ७७ र रोहित चन्दको ५५ रनको उत्कृष्ट प्रदर्शनमा १६८ रनको योगफल तयार पार्‍यो।

चन्देल ४४ बल खेल्दै २ चौका ४ छक्का उनको व्याटबाट निस्कियो। त्यस्तै कुमालले ७७ रन बनाउने क्रममा ५१ बल खेले । ५ चौका र २ छक्का प्रहार गरे।

अनिष धामीले ४ र अमन सुवेदीले दुई विकेट लिए। १६९ रनको लक्ष्य पछ्याउने क्रममा पोखरा क्रिकेट क्लब भने १४४ रनमा समेटिदैं २४ रनले पराजित हुन पुग्यो।

ओपनर मुस्कान थापाले अर्धशतकीय पारी खेल्दै गतिलो शुरुवात दिलाए। तर अन्य व्याटरको प्रभावकारी प्रदर्शन भने रहन सकेन्।

थापाले ३६ बल खेल्दै ९ चौका र १ छक्का प्रहार गर्दै अर्धशतक पुरा गरेका थिए। चौथो नम्बरमा आएका सुवास भण्डारीले ३२ रन बनाउँदा प्रेम गुरुङले १४ रनमा अविजित रहेँ।

प्लेयर अफ दि म्याच बनेका अजुर्न कुमालले २ विकेट लिँदा अदित्य थापाले ३ विकेट आफनो नाममा लेखाए ।

कमेन्ट गर्नुहोस्
Share: