
पोखरा। लगातार दुई खेलमा जित निकाल्दै नेपाल पुलिस क्लब २४औं आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
आज भएको पहिलो क्वाटरफाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले आमन्त्रित ब्रिगेड ब्वाइज क्लब, युकेलाई २-० ले पराजित गरेको हो। खेलको २७औं मिनेटमा विवेक पाण्डेले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए। त्यसपछि ४०औं मिनेटमा रामचन्द्र वाजीले गोल गर्दै पुलिसको जित सुनिश्चित गरे।
यस हारसँगै ब्रिगेड ब्वाइज क्लब, युके प्रतियोगिताबाट बाहिरिएको छ।
नेपाल पुलिस क्लब २०७७ सालपछि पहिलो पटक पोखरा गोल्डकपको सेमिफाइनलमा पुगेको हो। अब पुलिसले पहिलो सेमिफाइनल खेल चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी एफसीबीचको विजेतासँग खेल्नेछ।
कमेन्ट गर्नुहोस्
