अन्नपूर्ण गाउँपालिकाको रास्वपा सभापतिमा फडिन्द्र अधिकारी चयन

Share:

कास्की । आज राष्ट्रिय स्वतन्त्र पार्टीको कास्कीस्थित अन्नपूर्ण गाउँपालिका सम्पन्न भेलाले अन्नपूर्ण गाउँपालिका समिति गठन गरेको छ।

स‍ो समतिको सभापतिमा लामो समयदेखि वैकल्पिक राजनीतिमा क्रियाशील रहेका शिक्षाकर्मी फडिन्द्र अधिकारी चयन भएका छन्। भेलाले उपसभापतिमा  दिलबहादुर क्षेत्री, सचिवमा बसन्त दाहाल, सहसचिवमा कुशल सुवेदी चयन गरेको छ।

साथै सदस्यहरूमा भीमा पौडेल, कृष्ण प्रसाद दाहाल, नारायण प्रसाद दाहाल र राम बहादुर रसाइली चयन भएका छन्।

आज अन्नपूर्ण गाउँपालिकामा आयोजित भेलालाई रास्वपाका केन्द्रीय सह-प्रवक्ता रमेश प्रसाईं, गण्डकी प्रदेश सभापति राजन गौतम, गण्डकी प्रदेश सदस्यहरू योगराज पौडेल र रमा बस्ताकोटी, कास्की सचिव दीपेन्द्र पोखरेल (बादशाह), कास्की सदस्य श्याम गुरुङ र अन्नपूर्णका पूर्व संयोजक शोभाखर अधिकारी र स्थानीय अगुवाहरू लगायतले सम्बोधन गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: