पोखरामा बहुमुल्य ढुङ्गा दिन्छु भनी १३ लाख ठगी गर्ने ३ जना पक्राउ

Share:

पोखरा । बहुमुल्य टल्किने ढुङ्गा दिन्छु भनी विभिन्न प्रलोभन देखाई ठगी गरेको आरोपमा ३ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्वत फलेवास नगरपालिका- ५ स्थायी घर भई हाल कास्की पोखरा महानगरपालिका –१७ छोरेपाटन बस्ने वर्ष ३१ की ईन्दिरा बि.क., सोही ठाउँ बस्ने वर्ष ३६ कोराजन बि.क.र खोटाङ हलेसी नगरपालिका-१ बस्ने वर्ष २७ की जुनु भन्ने लक्ष्मी राई रहेका छन्।

अन्दाजी ५ करोड पर्ने बहुमुल्य ढुङ्गा दिन्छु भनी विभिन्न प्रलोभन देखाई पटक-पटक गरी १३ लाख ५० हजार ठगी गरेको भन्ने कुन्ती सुब्बा गुरुङको जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

उनीहरुलाई बिहीबार करिब दिउँसो साढे ४ बजे पोखरा महानगरपालिका-६ लेकसाइडबाट पक्राउ गरेको हो।

प्रहरीले उनीहरुको घर कोठा समेत खानतलासी लिँदा ईन्दिरा बि.क. र राजन बि.क.को कोठाबाटसेतो रंगको पारदर्शी ढुङ्गा ६ थान र रातो रङको ढुङ्गा १ थान गरी जम्मा ७ थान, विभिन्न बैकका रु.३१ लाख बराबरका ४ थान चेकर मोवाईल थान ४ समेत बरामद गरेको छ।

पक्राउ परेका उनीहरुलाई कास्की जिल्ला अदालतबाट ठगी सम्बन्धी मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: