
काठमाडौँ । नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको बस चितवनमा दुर्घटना हुँदा २३ यात्रु घाइते भएका छन् । लु प्र ०३-००१ ख ००७७ नम्बरको बस आज बिहान साढे ४ बजे नारायणगढ-मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खसेर दुर्घटना भएको हो ।
इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले बस दुर्घटनामा बसमा सवार २८ जनामध्ये २३ जना घाइते भएको जानकारी दिइन् ।
उनका अनुसार घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । टायर पञ्चर हुँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरी निरीक्षक भण्डारीले जानकारी दिइन् ।
कमेन्ट गर्नुहोस्
