
काठमाडौं । बाँकेको बैजनाथ गाउँपालिका–८ का २५ वर्षीय दिनेश रोकायको हत्या आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही गाउँपालिका–२ का ३५ वर्षीय राम बहादुर राना र वडा नम्बर ६ का १७ वर्षीय एक किशोर रहेका छन्। प्रहरीले किशोरको परिचय खुलाएको छैन।
वडा नम्बर ८ स्थित बिचलाईनमा एक विवाह समारोहमा विवाद भएपछि कुटपिट भएको थियो। सोही क्रममा दिनेश गम्भीर घाइते भएका थिए।
प्रहरीका अनुसार उनलाई तत्काल मेडिकल कलेज कोहलपुरमा उपचारका लागि लगिएको थियो। पछि थप उपचारका लागि भारतको लखनउ पठाइएको थियो, जहाँ आइतबार बिहान उनको मृत्यु भयो।
यस घटनामा अन्य पाँच जना घाइते भएका छन्, जसको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।
