जापान पठाइदिने प्रलोभनमा करोडौँ ठगी गर्ने युवती पक्राउ

Share:
Pakrau

काठमाडौं । वैदेशिक रोजगारका लागि जापान पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग १ करोड २३ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाँकेको बैजनाथ गाउँपालिका–५ की २३ वर्षीया तिर्सना बाठा मगर रहेकी छन्। उनले वर्किङ भिसामा जापान पठाइदिने भन्दै पीडितहरूसँग ठूलो रकम असुलेर तीन महिनादेखि बेपत्ता थिइन्।

पीडितहरूले दिएको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेबाट खटिएको टोलीले आइतबार उनलाई पक्राउ गरेको हो। हाल उनलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: